Nepal's No. 1 Digital Newspaper

पोई पर्‍यो काले’ सेन्सर पास

काठमाडौं – फिल्म ‘पोई प¥यो काले’ सेन्सर पास भएको छ । आइतबार चलचित्र सेन्सर बोर्डले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सार्वजनिक प्रदर्शनमा लागि खुल्ला गरेको हो । फिल्म शिशिर राणाले निर्देशन गरेका हुन् । 

कुनै दृश्य काँटछाँट नगरी सेन्सर बोर्डले फिल्म पास गरेको निर्देशक राणाले जानकारी दिए । ‘हामीले जे सोचेका थियौँ,  सेन्सरले त्यही सर्टिफिकेट दिएको छ,’ उनले भने, ‘हाम्रो फिल्म अब सबै दर्शकले हेर्न पाउने छन् ।’

Order Now: 98510-87891

सेन्सरका ब्यक्तिहरुले फिल्मको बिषयबस्तु मन परेको बताउँदै सफलताका लागि शुभकामना समेत दिएको राणाको भनाइ छ । 

मानिसको बाहिरी रुप हेरेर त्यो राम्रो–नराम्रो भनिने गलत सोच हाम्रो समाजमा छ । त्यही सोचलाई मुख्य बिषयबस्तु बनाइएको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म तिहारको छेको पारेर आगामी शुक्रबार अर्थात कात्तिक ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । 

किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । 

फिल्ममा शिव ढकालको छायांकन, अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.