Nepal's No. 1 Digital Newspaper

नेपाल भ्रमण वर्ष सद्भवाना दूत नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं– सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भवाना दूत’हरु पनि नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सद्भवाना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

त्यसका लागि उनले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गरे । आईतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।

Order Now: 98510-87891

उनले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए । विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो ।

मन्त्री भट्टराईले जननिर्वाचित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन पनि सबैलाई आग्रह गरे । मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

Source:ratopati news


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.