Nepal's No. 1 Digital Newspaper

युरोपबाट फर्केर काठमाडौंमा कालिजको व्यापार

एउटा कालिजको दाम रु. ३५००

३ कात्तिक, काठमाडौं । काठमाडाैं उपत्यकामा पनि व्यवसायिक कालिजपालन भित्रिएको छ । नेपालमा कालिजको मासुको माग बढे पनि उत्पादन अपुग भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका– ४, चाल्नाखेलमा एभरेस्ट वाइल्डलाइफ एग्रो तथा अनुसन्धान केन्द्र खोलेर कालिजपालन सुरु गरिएको छ ।

Order Now: 98510-87891

१३ रोपनी जमिनमा व्यवस्थित फार्म खोलेर व्यवसायिक कालिज पालन सुरु गरेको एक बर्षमा बजारको मागले थप लगानी गर्न पे्ररित गरेको सञ्चालकहरु बताउँछन् । ‘माग यति धेरै छ कि’, फार्मका अध्यक्ष शुशील भट्टराई भन्छन्, ‘बेच्न मिल्ने कालिज नभएपछि ‘तत्काललाई बिक्री बन्द’ भन्ने बोर्ड राख्नुपरेको छ ।’

भट्टराईका अनुसार, अहिले दैनिक कम्तिमा सयवटा कालिजको माग आउँछ । एकै दिन साढे तीनलाख रुपैयाँसम्म आम्दानी गरेको अनुभव संगालेका  भट्टराईले एउटा कालिजलाई ३५ सय पर्ने बताए ।

दैनिक माग धान्न नसकिरहेको  भट्टराई समूहले गत एक बर्षमा भक्तपुर, पोखरा, सुर्खेत, पनौती र सोलुखुम्बुमा एभरेस्ट वाइललाइफ एग्रो तथा अनुसन्धान केन्द्रको शाखा खोलेको थियो ।

उपत्यका बाहिरका कालिज फार्ममा आधा लगानी स्थानीयको छ । चाल्नाखेलमा रहेको केन्द्रमा तालिम लिएर आफंै कालिज पालन थाल्नेहरु पनि बढेको समूहका अध्यक्ष भट्टराईले बताए ।

भट्टराई समूहको केन्द्रले कालिजको चल्ला पनि बेच्ने गरेको छ । उनले भने, ‘यसले लगानी बढाउन र अन्य जिल्लाहरुमा शाखा खोल्न उत्प्रेरित भएका छौं ।’

भट्टराईका अनुसार, बाबुराम श्रेष्ठ, ज्ञानेन्द्र तिमिल्सिना, दिपक दुवाडी, नरेश शाही र दिलकुमार पन्त समेतको दुई करोड लगानीमा २०७५ असारमा सुरु भएको कालिज व्यवसाय फस्टाउन थालेपछि चालनाखेलमा नै अर्को ४० रोपनी भाडाको जग्गामा फार्म बिस्तार हुँदैछ । त्यहाँबाट मासिक कम्तिमा १० हजार कालिज निकाल्ने भट्टराईले बताए ।

यो समुहले कालिजको मासु र सूप लोकप्रिय बनाउन बागबजारमा रेस्टुुरेन्ट पनि खोलेको छ । रेस्टुरेन्ट खोलेपछि कालिजको मासु पुर्‍याउन झन हम्मे भएको समुहका अध्यक्ष भट्टराईले बताए ।

दशैंको बेला कालिज लिन फार्ममा आएका ग्राहकलाई रित्तो हात फर्काउन पर्दा नरमाइलो लागेको भट्टराईले बताए ।

कालिज फार्मको जन्म

एभरेस्ट वाइललाइफ एग्रो तथा अनुसन्धान केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सीइओ)को भूमिकामा समेत रहेका एक लगानीकर्ता बाबुराम श्रेष्ठ लामो समय युरोप बसे । कालिज फार्मको जन्म नरेश कुमार शाहीले इटालीको भ्रमणको बेला त्यहाँको कालिज र्फामबाट प्रेरित भएकाले नेपालमा सुरु भएको हो । उनले इटालीमा सप्रेका कालिज फार्महरु उस्तै–उस्तै भूगोल र हावापानी भएको नेपालमा पनि फाइदाजनक हुने देखे । स्वदेश फर्केपछि उनले जो–जो साथीलाई यो कुरा भने, उनीहरुकै समूह बनेर काम सुरु भयो ।

भाडाको जग्गामा फार्म तयार भएपछि इटालीबाटै कालिजका अन्डा र त्यसलाई कोरल्ने ह्याचरी मेसिन मगाइयो । पहिलो पटक अर्डर गरेको १० हजार २०० अण्डा आइपुगे, तर ह्याचिङ मेसिन आइपुगेन ।

यता, नेपाल सरकारले तयार फार्म दर्ता गर्न र क्वारेन्टाइन पास गर्न झण्डै ६ महिना लगाइदियो । बल्लबल्ल हयाचरीमा राख्न पाएको अण्डा ४५ प्रतिशत मात्र सफल भयो । पहिलो लटमा ल्याएको अण्डाबाट दुईहजार मात्र कालिज बेच्न पाएको पाण्डे बताउँछन् ।

स्थायी घर अर्घाखाँची भएका शुशील भट्टराई काठमाडौंको कुनै मेकानिकल वक्र्सशपमा गरिरहेको काम छाडेर कालिज र्फामको व्यवसायिक समूहमा अध्यक्ष हुन पुगेका छन् ।

नयाँ व्यवसायमा भएभरको बचत २५ लाख लगानी गरेका उनलाई कुनै पनि हालतमा सफल बन्नु थियो । ‘अनि बाँकी कालिजबाट यहीँ चल्ला निकाल्ने योजना बन्यो’, उनी भन्छन्, ‘परिवारको इच्छाविपरीत गरेको लगानी र थालेको व्यावसायमा बल्ल बहार आउन थाल्यो ।’

अहिले यो कालिज फार्मका सञ्चालकहरुलाई बजारको माग पूरा गर्न भ्याई नभ्याई छ । अर्थात्, उनीहरु धमाधम नाफा गन्ने र लगानी बढाउनेमा अवस्थामा छन् ।

चाल्नाखेलको फार्ममा आठजनाले स्थायी रोजगारी पाएका छन् । थपिएको फार्मको ह्याचरी र कोल्डस्टोरले रोजगारी बढाउने निश्चित छ ।

कालिज पालनका कठिनाइ

अण्डाबाट चल्ला कोरल्ने ह्याचरी मेसिन

२०–२१ दिन अण्डा कोरलिएपछि निस्कने कालिजको चल्ला ६० दिनमा डेढ किलोसम्मको हुन्छ । यो भनेको मासुको तयार भयो भन्ने हो ।

कालिजलाई कुखुराको जति दाना नचाहिने यो समूहका अध्यक्ष  भट्टराई बताउँछन् ।

उनका अनुसार, एउटा कालिजलाई दिनमा १८–२० ग्राम दाना भए पुग्छ, जब कि कुखुराले ८० ग्रामसम्म दाना खान्छ । ‘तर, १२ सय मिटरसम्म उडेर जाने भएकाले कालिज पाल्न खोर वरिपरि नेट चाहिन्छ’, उनी भन्छन्, ‘कुखुराभन्दा छिटो सक्रमित हुने भएकाले रोगसंग लड्ने क्षमता बढाउन कालिजको चल्लालाई भ्याक्सिन अनिवार्य हुन्छ ।’

कालिजको झगडालु स्वभाव यो व्यवसायको अर्को अप्ठ्यारो हो । खास गरेर भाले कालिज धेरै जुध्ने, शक्तिशालीले कमजोरहरुलाई ठुगेरै मार्ने भएकाले तिनको चुच्चोको माथिल्लो भागमा एक किसिमको पाताले ढाकेर राख्नुपर्छ । यति गर्न सक्ने कोही पनि कालिज पालक व्यवसायिकरुपमा सफल हुने पाण्डे बताउँछन् । उनका अनुसार, १० डिग्रिसेल्सियसदेखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राम्ररी सप्रने हुनाले नेपालको पहाडी भूभाग कालिज पालनको लागि उपयुक्त छ ।

कालिज पालकहरुले यसको दाम पनि आकर्षक राखेका छन्– एक किलोको होस् या डेढ किलोको, एउटाको रु. ३५०० !

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.