Nepal's No. 1 Digital Newspaper

कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने

ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।

Order Now: 98510-87891

यस सडक आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदैछ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताए । 

सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.