Nepal's No. 1 Digital Newspaper

एनआरएनलाई राष्ट्रपतिको आह्वान- जन्मभूमिमा लगानी गर्नुस्

२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।

‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आन्तरिक र बाहृय वातावरण लगानीका लागि योग्य रहेकाले ढुक्क भएर लगानी गर्नुस् ।’

Order Now: 98510-87891

राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भएको तर्फ संकेत गर्दै राष्ट्रपतिले अब त्यस्तो नहुने बताइन् । लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको राष्ट्रपतिको भनाइ छ । ‘तपाईंहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता र दक्षतालाई नेपालको विकासमा उपयोग गर्नुपर्दछ’, राष्ट्रपतिले थपिन्, ‘यसका लागि सरकारले संयन्त्र खडा गरिसकेको छ । यसमा म खुशी छु ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.