०८ असाेज, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने र यसरी खरिद बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सो शेयर खरिद बिक्री गर्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम बमोजिम बैंकले संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता राखेर सेयर बिक्री खुलाएको हो ।
तसर्थ, विद्यमान संस्थापक शेयरधनीले आज असोज ८ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन दिनु पर्ने छ ।
उत्त मितिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received


+ There are no comments
Add yours