Nepal's No. 1 Digital Newspaper

एक अर्ब २० करोडमा सैंबुमा बन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास भवन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।

सोमबार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले सरकार तीव्र विकास निर्माणमा लागिरहे पनि केही तत्वहरुले सरकारले केही नगरेको भन्दै भ्रम र निराशा छर्ने गरेपनि सरकार आफ्नो कामको गतिबाट पछि नहट्ने बताए । 

Order Now: 98510-87891

‘हरेक दिन नेपाल एक कदम अगाडि बढेको छ । विकास निर्माण र लाकेकल्याणकारीका क्षेत्रमा यो सरकारले फड्को मार्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाईन सुरुवात भइसकेको छ । मेलम्चीको ठेकेदार भागेकाले केही ढिला भयो तर अब बर्षदिन नाघ्दैन । केही महिनाभित्र मेलम्चीको पानी आउँछ ।’ 

उनले सरकारले केही पनि गरेन र भएन भनेर असन्तुष्टि र निरासा फैलाउने प्रवृति कायमै रहेको भन्दै वाक स्वतन्त्रताका नाममा ति हकहरुको प्रयोग पनि समुचित ढङ्गले गर्न सुझाव दिए ।

‘जेमा पनि जसरी पनि विरोध गर्ने परम्परा जारी छ । त्यस्ता परम्परा जारी गर्ने थाक्लान् तर सरकार आफ्ना उद्देश्यमा अडिग छ । गतिशिलता, स्वच्छता र तीव्रताका साथ निरन्तर अगाडि बढिरहन्छ’, उनको प्रतिबद्धता छ । 

प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त देश बनाउने र  सडकमा कोही वेसाहारा र अलपत्र देख्ने अवस्था नआउने दावी पनि गरे । ‘कोही मान्छे खान नपाएर सडकमा वेवारिसे अवस्थामा बस्न सरकारले दिँदैन’ प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले देश विकासको अभियान र विकास निर्माणका  अनेक क्षेत्रजस्तै यातायात, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारले काम गरिरहेको भन्दै रोजगारी, जेष्ठ नागरिक बीमा, बैङ्क खाता जस्ता अभियान सञ्चालन गरेर सरकारले जनताका आवश्यक्ता सम्बोधन गर्दै आएको बताए ।यो पनि…

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास

‘देशलाई औद्योगिकरण र आधुनिकरण गर्नेमा सरकारको ध्यान गएको छ । तीव्र विकास र लोककल्याणकारी अवधारणाका कुरामा सरकार नयाँ ढङ्ले अघि बढिरहरको छ । नयाँ सोच, तरिका अनि आँटसहित तीव्रताका साथ अघि बढिरहेका छौँ,’ प्रधानमन्त्रीको भनाइ छ ।

उनले केही दिनअघि मात्रै संसदभवनको निर्माण कार्य शुभारम्भ भएको तथा प्रधानमन्त्री निवासको शिलान्यास गरेको बताए ।

‘प्रधानमन्त्री निवास ओलीका लागि होइन भोलिका लागि बनाएको हो,’ आफूले भन्ने गरेको भन्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास काठमाडौँमा पनि आवाश्यक पर्ने भएकाले भवन बनाउन लागिएको स्पष्ट पारे ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले संघीय सरकार र संसदसँग निरन्तर संवाद गर्नुपर्ने भएकाले आवास भवन बनाउन लागिएको भन्दै सकेसम्म छिट्टै निर्माण कार्य सम्पन्न गर्न उनले निर्देशन पनि दिए ।

‘केही दिनपछि मन्त्रीहरुको आवास निर्माण गर्ने प्रयासमा छौँ । अहिलेको मन्त्री आवास पुरानो भयो, भत्किएका घर छन् । पानी परेपछि मन्त्रीहरुले कुम्लुकुटुरो बोक्नुपर्ने अवस्था छ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने । 

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन निर्माणपछि संघीय मन्त्रीहरुको मन्त्री निवास, स्टेट गेस्ट हाउस, ५ हजारको सभाहल बनाउने तयारी रहेको बताए ।

उनले २७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

एक अर्ब २० करोड लागतमा सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा भवन बनाइनेछ ।  उनका अनुसार अत्यधुनिक भवन तीन तलाका हुनेछन् ।

जसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् । ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने छ ।  #केपी शर्मा ओली#प्रदेश प्रमुख

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.