Nepal's No. 1 Digital Newspaper

ज्ञानेन्द्र शाहीलाई कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस्ः प्रदीप पौडेल

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीमाथिको आक्रमण निन्दनीय भएको बताएका छन् ।

 शाहीमाथिको आक्रमणलाई लिएर सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकारलाई हनन गर्न नसक्ने उल्लेख गरेका छन् । 

Order Now: 98510-87891

पौडेलले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा गलत छ । चाहे जनुसकुै बहानामा होस् कसैले कसैको पनि स्वतन्त्र रुपमा विचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस् ।’

शनिबार भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नम्बरको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

शाहीको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा पनि समस्या भएको बताइएको छ । शाहीलाई शनिबारनै चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.