Nepal's No. 1 Digital Newspaper

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

११ असोज, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ ।

अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो ।

Order Now: 98510-87891

मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थल पुग्यो । उनीहरुले ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ लगायतका नारा लगाए । कार्यक्रम स्थल नजिकै रहेको प्रहरी तत्काल पुग्यो र मानिसहरु तितरवितर बनायो ।

स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटे । घटना केही साम्य भए जस्तो भयो ।

केही अभियान्ता विमानबाट काठमाडौं फर्किए भने शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा मात्र के पुगेको थियो युवाहरुकेा समूहले आक्रमण गर्‍यो । हाइसमाथि ढुंगामुढा भयो ।

हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरुले शाहीलाई लक्षित गरी अन्दाधन्ध हानेको गाडीमा रहेकाहरु बताउँछन् । ‘ढुंगैढुंगाले हान्यो, डरले समेत हाने’ गाडीमा रहेका एकले भनेका छन् ।

केहीबेरमा प्रहरी पुग्यो । आक्रमणकारी युवाहरु भने भागेका छन् । प्रहरीले नेकपा आवद्ध एक जनालाई भने पक्राउ गरेको छ ।

शाहीलाई काठमाडौं पठाइयो

प्रहरीको सहयोगमा घाइते शाहीलाई चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।उनको हातका साथै शरीरका अन्य भागमा पनि चोट लागेको तर सिटी स्क्यान लगायतका परीक्षण गर्दा गहिरो चोट लागेको नदेखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिएका छन् ।

चितवनमा प्राथमिक उपचारपछि उनलाई काठमाण्डौं पठाइएको छ । थप उपचार र जिल्लाको शान्ति सुरक्षा नबिगि्रयोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.