Nepal's No. 1 Digital Newspaper

गण्डकी प्रदेशले घटस्थापनामा सार्वजजिक बिदा दिने

पोखरा– गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो ।

Order Now: 98510-87891

प्रदेश सरकारले वर्षमा  ६ दिन सार्वजनिक बिदा दिन पाउँछ । प्रदेश सरकारले पाउजे बिदामध्येबाट उक्त बिदा दिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।#सार्वजनिक बिदा#गण्डकी प्रदेश

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.