Nepal's No. 1 Digital Newspaper

धमिलो पानीमा माछा मार्न प्रयत्न गर्नेसँग सचेत बनौंः प्रचण्ड

बुटवल–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाफा कमाउने अवस्था नरहने लगानीको वातावरण बन्न नसक्ने बताएका छन् । उनले समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा सुरु भएको लगानी सम्मेलन–२०१९ लाई सम्बोधन गर्दै प्रचण्डले विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भएपनि अब भने समृद्धितर्फ जाने बताए । अहिले नेपालमा लगानीको वातावरण रहेको र लगानीकर्ताले पर्याप्त नाफा कमाउन सक्ने अवस्था रहेको प्रचण्डको भनाइ थियो । 

Order Now: 98510-87891

अर्काे प्रसंगमा प्रचण्डले ऐतिहासिक गणतन्त्रमा स्थापना गर्न सत्तापक्ष र प्रतिपक्षको दुवैको हात रहेको उल्लेख गर्दै परिवर्तन विरोधीदेखि सचेत हुनुपर्नेमा जोड दिए । 

गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू भएको उल्लेख गर्दै उनले यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने बताए । उनले गणतन्त्रलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै धमिलो पानीमा माछा मार्न खोज्नेप्रति सचेत हुनुपर्ने धारणा राखे । 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएको बताए । उनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटनको सम्भावना रहेको भन्दै त्यसका लागि पूर्वाधारको जरुरी रहेको र केही पूर्वाधार तयार भइसकेको पनि बताए । 

‘रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण हुँदैछ, यो विमानस्थल निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकको संख्या झनै बढनेछ’ उनले भने, ‘पर्यटन विकासको लागि आधार तयार भएको छ । अब भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न लगानीकर्ता आकर्षित हुन थालेको बताए । 

सो अवसरमा नेकपा महासचिव विष्णु पौडेल, काँग्रेस सचेतक बाकृष्ण खाण, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शकंर पाखेरल लगायतले लगानी सम्मेलनले बुद्ध जनस्थलमा थप लगानी भित्रने बातावरण बन्ने बताएका थिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.