श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

०४ असाेज, काठमाडाैं । सन् २०२२ मा आर्थिक संकटको सामना गरेको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार आएपछि भोलि पहिलो पटक मतदान हुने भएको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका हुन् ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपतिविरूद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए भने विक्रमासिङ्घेले सङ्कटका समय देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै श्रीलंकाको अर्थतन्त्रलाई सङ्कटग्रस्त हुनुपहिलेको अवस्थामा पुर्याएका छन् ।

निर्वाचनमा आफूलाई मतदान गर्न आह्वान गर्दै प्रचारको अन्तिम समयमा विक्रमासिङ्घेले भने, “सबै आशा हराएको पहिलेको समयलाई सोच्नुहोस् र कसलाई मतदान गर्ने फैसला गर्नुहोस् । हामीले सत्ता सम्हाल्दा खाना, ग्यास, औषधि पाउनसक्ने कुनै आशा थिएन।”

उनले भने, “अब तपाईंसँग विकल्प छ। तपाईं आतङ्कको अवधिमा फर्कन चाहनुहुन्छ कि प्रगति गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुहोस् ।”

तर विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आइएमएफको बेलआउटको सर्तहरू प्रा गर्दा नागरिकहरू उनीसँग खुशी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । उनले सङ्कटको समयमा नेतृत्व गरी श्रीलंकालाई थप र्बवादीको बाटोमा जानबाट रोक्न सकेमा मात्रै आफू विजयी हुने बताएका छन् ।

विज्ञहरूका अनुसार श्रीलंकाको अर्थतन्त्र अझै पनि कमजोर छ । श्रीलंकाको ४६ अर्ब वैदेशिक ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिवद्धता अनुसार पुनः आएको छ । विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो कडा मिहिनेतबाट प्राप्त सो कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यलाई निरन्तरता दिने बताए ।

“निर्वाचन धेरै हदसम्म विक्रमासिङ्घेको सरकारले कसरी आर्थिक सङ्कट र आगामी सुधारलाई ह्यान्डल गरेको छ भन्नेमा जनमत सङ्ग्रह हुनेछ,” अन्तर्राष्ट्रिय सङ्कट समूहले यस हप्ताको एक रिपोर्टमा जनाएको छ ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10004 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours