Nepal's No. 1 Digital Newspaper

पत्रकार सम्मेलनस्थलमा ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीद्वारा उद्धार

शनिवार धनगढीमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार र सो घटना किन भयो भनेर आइतबार पत्रकार सम्मेलन गर्दैगर्दा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ ।

ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार १ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् ।

Order Now: 98510-87891

ज्ञानेन्द्र शाहीलाई पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।

आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरेको छ ।

ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइएपनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएको कारण घटना घट्न पुगेको बताए ।

सुरक्षा स्थिति हेरेर शाहीलाई छाडिने पनि उनले रातोपाटीलाई जानकारी दिए ।

अधिवक्ता सुरेन्द्र भण्डारीले भने पत्रकार सम्मेलनमा उपस्थित योगेश भट्टराईनिकट कार्यकर्ताको झुण्डले शाहीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शाहीको उद्धारपछि भएको पत्रकार स्ममेलनमा बोल्दै अधिवक्ता भण्डारीले यस घटनामा पर्यटनमन्त्री भट्टराईले माफी नमागे आफूहरुले राजीनामा माग गर्ने पनि बताए ।

भण्डारीका अनुसार प्रहरीले गुण्डागर्दी शैलीमा शाहीलाई पक्राउ गरी लगेको छ ।

तर शाहीको उद्धारपछि सञ्चारकर्मीसँग बोल्दै घटनास्थलमा खटिएका एकजना प्रहरी निरीक्षकले भने सुरक्षा खतराबारे पहिले नै शाहीलाई जानकारी गराएपनि शाहीले प्रहरीको आग्रहलाई वेवास्ता गर्दा घटना भएको हो । घटनामा ती प्रहरी आधिकारी पनि सामान्य घाइते भएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.