Nepal's No. 1 Digital Newspaper

संविधान दिवस मनाउने नमनाउने बारेमा समाजवादी पार्टीले आज निर्णय गर्ने

काठमाडौँ । असोज ३ लाई संविधान दिवसको रुपमा मनाउने कि विरोध दिवसमा मनाउने त्यसको बारेमा छलफल गर्नका लागि आज समाजवादी पार्टीले बैठक बोलाएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने पार्टीको पदाधिकारी बैठकले संविधान दिवसको बारेमा निर्णय लिने पार्टी प्रचार प्रसार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए । तराई मधेशमा संविधान दिवसमा कालो दिवसका रुपमा मनाउने भनेर विभिन्न संघ संगठन र पार्टीले निर्णय गरिसकेको छ ।

Order Now: 98510-87891

गत वर्ष समाजवादी पार्टीले संविधान दिवसको विरोध पनि गरेको थिएन, न समर्थन गरेको थियो । त्यसले गर्दा पार्टीमा विवाद भएको थियो । यसपटक के गर्ने विषयमा पार्टीले नै निर्णय गरेर सर्कुलर पठाउने बताएको छ ।

साथ बैठकले पार्टीको बाँकी रहेका समायोजनको प्रकृयाका बारेमा पनि छलफल हुने बताइएको छ । नयाँ शक्ति नेपालसँग एकीकरण गरेपछि दुई दलबीच तल्लो तहसम्म समायोजन हुने कार्य चलिरहेको छ

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.