Nepal's No. 1 Digital Newspaper

बौरिएकी वागमती

२७ भदौ, काठमाडौं । कञ्चन–कलकल वागमतिलाई अंजुलीले उघाएर प्यास मेटेको, नदीमा हेलिएर गर्मी धपाएको सम्झने जमात घटिरहेको छ, काठमाडौं उपत्यकामा । उनीहरु आजको वागमतिको दुर्दशा हेरेर निकै दुःखी छन् ।

हामी पछिल्लो पुस्ताले हेर्दाहेर्दै र वागमति सभ्यताप्रेमीहरुले खबरदारी गर्दैगर्दै पनि विवेकहीन सहरीकरणले आज बागमतीलाई ढलमति बनाएको छ । मौसमी सफाई अभियान चलाईएपनि सुख्खा याममा मृत कहलाउँन वागमति विवश छ । बिकास र वागमती संरक्षणका नाममा गरिएको पर्खालबन्दीले नदी र जमिनलाई जोडेका पानीका प्राकृतिक नशा (क्यापिलरी) हरु पनि काटियो ।

Order Now: 98510-87891

अब त मनसुनमा मात्र बागमति बौरिन्छिन् र अलि गतिलै वर्षा भयो भने लहराउँदै कंक्रिटका किनार छुन पुग्छिन् । गत साताको वर्षापछि सुन्दरीजलदेखि गोकर्ण, पशुपति, शंखमुल, युएनपार्क, थापाथली पुल र टेकु दोभानसम्मको वागमति नदी ।

onlinekhabar

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.