Nepal's No. 1 Digital Newspaper

नेपाललाई विदेशी अपराधीको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम छ : आईजीपी खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । 

मंगलबार नेपाल पुलिस क्लब परिसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी खनालले विदेशी अपराधीहरु नेपालमा आएर आपराधिक गतिविधि गर्न सकिन्छ भन्ने सोचबाट मुक्त हुन आग्रह समेत गरे । 

Order Now: 98510-87891

आईजीपी खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नदेख्दा पनि हुने बताए । उनले विदेशी अपराधिहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पारे । 

उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी आईजीपी खनालले दावी गरे ।

नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि ऊर्जाका साथ काम गरिरहेको पनि आईजीपी खनालको दावी छ । 

विदेशी अपराधीहरुप्रति लक्षित गर्दै आईजीपी खनालले भने, ‘कानुनको दायरामा आउन र सुध्रन्छु भनेर नेपाल छिरे हुन्छ ।’

कार्यक्रममा उनले साइबर क्राइम र मानव बेचबिखन नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि स्मरण गराए । 

‘साइबर अपराध र मानव बेचबिखन नियन्त्रण हाम्रो पहिलो प्राथमिकतामा छ’, आईजीपी खनालले भने, ‘यसका लागि हामीले नागरिकसँग सहकार्य गरिरहेको छौं ।


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.