Nepal's No. 1 Digital Newspaper

विपिन बन्ने भए ‘सेल्फी किङ’

काठमाडौं– अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ बन्ने भएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘सेल्फी किङ’को राजधानीमा एक कार्यक्रमका बीच घोषणा भयो । फिल्ममा विपिनले ‘सेल्फी किङ’कै भूमिका निर्वाह गर्ने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा अभिनेता विपिनले फिल्मको कथा राम्रो लागेकोले फिल्म युनिटसँग जोडिएको बताए । 

गतवर्ष ‘प्रसाद’ फिल्म दिएका निर्देशक दिनेश राउत र निर्माता सुभाष थापाको संयुक्त लगानी रहने फिल्म विशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलसको सिटी कलेजमा फिल्म निर्देशन पढेका विशालको यो डेव्यु फिल्म हो । 

Order Now: 98510-87891

विपिन कार्कीको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराल लगायतका कलाकारको फिल्ममा अभिनय रहने छ । अभिनेत्री केकी अधिकारीले भने फिल्ममा विशेष भूमिका निर्वाह गर्नेछिन् । 

एउटा हास्यकलाकारको कथामा आफूले फिल्म बनाउन लागेको निर्देशक विशालले कार्यक्रममा बताए । 

निर्देशनबाट निर्माणमा देखिएका दिनेश राउतले विशालले सुनाएको कन्सेप्ट आफूलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताए ।

निर्देशक विशालकै लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ  ।

भाद्र २४ गते मंगलबारबाट छायाँकनमा जाने फिल्मको सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.