Nepal's No. 1 Digital Newspaper

सबै विमानस्थलमा सेवा–सुविधा थपिन्छ: मन्त्री भट्टराई

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन् ।  शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन् ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने मन्त्री भट्टराईको भनाई छ । उनले सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको भन्दै उनले आन्तरिक तर्फको  विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने घोषणा गरे ।

Order Now: 98510-87891

शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउथे । अब भने यो झन्झट हटेको छ

Source:ratopati news


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.