Nepal's No. 1 Digital Newspaper

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे– जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा रहेका उनको  गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् । 

सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनले मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएका थिए ।

Order Now: 98510-87891

जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित बनेका थिए । सन् १९८७  उनी  राष्ट्रपति बनेका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उहाँ निकै लोकप्रिय भएका थिए ।

तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न  भएको उनीमाथि आरोप लागेको थियो । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.