Nepal's No. 1 Digital Newspaper

बिक्री भयो अटो शोमा राखिएको ७४ लाखको सबैभन्दा महंगो बाइक

काठमाडौं । काठमाडौंको भृकुटीमन्डपमा चलिरहेको अटो शोमा रहेको सबैभन्दा महंगो बाइक बिक्री भएको छ । कम्पनीले खरिद गर्नेको नाम उल्लेख भने गरेको छैन । एमभी अगस्टाको लागि नेपालको आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले नाडा अटो शोमा सार्वजनिक गरेको ७३ लाख ९० हजार रुपैयाँ मूल्य रहेको बाइक बिक्री भएको हो ।

कम्पनीले अटो शोमा सार्वजनिक गरेको एलएच ४४ लेविस ह्यामील्टन लिमिटेड एडिशन बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र बिक्री गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । जुन नेपालकाे अटो शाेमा प्रदर्शन गरिएको थियो । 

Order Now: 98510-87891

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरण सहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्छ । 

यसमा कम्प्याक्ट र लाइटवेट डबल च्यानल एबीएसको विशेषता दिइएको छ । यसले फ्रन्ट र रियरमा दिइएको ब्रेकको प्रभावलाई कम गर्ने गर्छ ।

यो बाइक  ब्ल्याक, रेड र ह्वाइट पेन्ट सेममा उपलब्ध हुनेछ । कार्बन फाइबर कम्पोनेन्ट दिइएको छ भने, क्रेमिक बेस कोटिंग गरिएको छ । 

यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ । यसका साथै बाइकमा ट्यांक क्याप, इन्जिन आयल फिल्टरक्याप, क्लच कभर गार्ड र अल्टरनेटर गार्ड लगायतका विशेषता दिइएको छ ।

meroauto

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.