Nepal's No. 1 Digital Newspaper

लिभरपुल र नापोली एउटै समूहमा

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको विभाजन बिहिबार राति गरिएको छ । समूह विभाजन अनुसार साविक विजेता लिभरपुल र इटालियन जाइन्ट किलर नापोली  एउटै समूहमा छन् ।

स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) पनि एउटै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्ट्स र स्पेनिस टोली एट्लेटिको म्याड्रिड पनि एउटै समूहमा छन् । स्पेनिस महारथि बार्सिलोनाको समूहमा बोरुसिया डर्टमन्ड परेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिख र इङ्लिस टोली टोट्टनहाम पनि एउटै समूहमा छन् ।

Order Now: 98510-87891

समूह  ‘ए’ मा पीएसजी, रियल म्याड्रिड, क्लब ब्रुज र गालाटासारे छ ।  समूह ‘बी’मा बायर्न म्युनिख टोट्टनहाम ओलम्पियाकोस र रेड स्टार बेलग्रेड छन्  समूह ‘सी’ मा म्यानचेस्टर सिटी, साख्तार डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा परेको छ । समूह ‘डी’ मा युभेन्ट्स, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन र लोकोमोटीभ मस्को छ ।

इसैगरी समूह ‘ई’ मा लिभरपुल, नेपोली, एफसी साल्जबर्ग र गेन्क छ । समूह ‘एफ’ मा बार्सिलोना, बोरुसिया डर्टमन्ड, इन्टर मिलान र स्लाभिया प्राहा परेको छ । समूह ‘जी’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बेन्फिका, ओलम्पिक लियोन र आरबी लेइपिजिज छ । समूह ‘एच’ मा चेल्सी, आयाक्स भ्यालेन्सिया र लोस्क लिल रहेका छन् । #


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.