Nepal's No. 1 Digital Newspaper

फेरि सल्बलाए रक्तचन्दन तस्कर, बौद्धबाट ८३ किलो बरामद

१२ भदौ, काठमाडौं । उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो ।

Order Now: 98510-87891

जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन ।

बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘घरमा स्टोर गरेर राखेको अवस्थामा हिजो साँझ बरामद गरेका हौं ।’

प्रहरी स्रोतका अनुसार, च्याङ्बा लामाको घरको एउटा कोठाबाट रक्तचन्दन बरामद भएको थियो । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ ।

त्यहाँ बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि मालिक को हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवैसहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.