Nepal's No. 1 Digital Newspaper

औरहीडिहदेखी तरहारी पुलसम्म पक्की बाटो निर्माण हुँदै

गुजरा नगरक्षेत्रमा औरहीडिहदेखी खतवहिया टोल हुँदै ज्योती डिस्टीलरीको छेउमा रहेको तरहारी खोलाको पुलसम्म कालोपत्रे पक्की बाटो निर्माण हुन लागेको छ ।

उक्त बाटोको छेउ–छेउमा रहेको केही घर टहरा समयमै नहटाएको कारण
बाटो निर्माणमा समस्या हुँदा सर्वपक्षिय बैठकले एकहप्ता भित्र उक्त घर टहरा हटाउन अनुुरोध गरेको छ ।

Order Now: 98510-87891

शहरी विकास मन्त्रालयको शहरी कार्यक्रम अन्तर्गत कुल आठ करोडको लागतमा औरहीडिहदेखी तरहारी पुलसम्म करीब साढे पाँच किलोमिटर कालोपत्रे बाटो निर्माण हुन लागेको ईन्जिनियर उतिमलाल दाशले बताएका छन् ।

 रमन,सगरमाथा,सगुन निर्माणसेवाले संयुुक्त रुपमा ठेक्का लिएको उक्त ११ मिटर चौडाई हुने र दुईबर्ष निर्माण अवधि रहेको ईन्जिनियर दाशले जानकारी दिए ।

औरहीडिहदेखी तरहारी खोला बिचमा खतवहिया टोल स्थित उक्त बाटोमा पर्ने सातवटा घर टहरा हटाउन गुजरा नगरपालिकाले एक हप्ताको समय दिएको छ ।

आज मंगलवार खतवहिया टोलमा बसेको सर्वपक्षिय बैठकले कालोपत्रे बाटो निर्माण हुनलागेको उक्त बाटोको छेउ छाउमा खतवहिया टोल स्थित पर्ने सातवटा घर टहरा एकहप्ता भित्र हटाउन घरधनीलाई जानकारी गराएको गुजरा नगरपालिकाले जनाएको छ ।

सर्वपक्षिय बैठकमा गुजरा नगरप्रमुख संतलाल चौधरी,वडा ६ खतवहियाका वडा अध्यक्ष शेख जाहगीर भन्ने शेख सकिल, बदरुदिन शेख,ईप्रका चन्द्रपुरका प्रहरी निरिक्षक राजन थापा, सशस्त्र बेश क्याम्प दुधियाभारका प्रमुख ओम ढकाल,प्रहरीचौकी रंगपुरका असई गजेन्द्र ठाकुर लगायत स्थानिय भद्रभलादमीहरुको सहभागिता थियो ।

अगामी एकहप्ता भित्र उक्त घर टहरा न हटाएमा कानुन अनुुसार हटाएर बाटो निर्माणको प्रकृया सुुरु गरिने  नगरप्रमुख सन्तलाल चौधरीले बताएका छन् ।

उक्त बाटो निर्माण बाट सो क्षेत्रका खतवहिया,लक्षमीपु,डुमरिया,पल्टुवा लगायत झण्डै एकदर्जन गाँउका हजारौ मानिस प्रत्यक्ष लाभान्वित हुने नगरप्रमुख चौधरीको भनाई छ ।

गुजरा ६ खतवहियाका शेख सैनुलले बाटो निर्माणको काम अवरुद्ध गर्न अन्य घर टहरा धनीलाई उचाल्ने र बिभिन्न षडयन्त्र गरीरहेको स्थानियहरुले बताएका छन् ।

सो क्षेत्रमा सरकारको करोडौं लगानीमा विकास निर्माणको काम अगाडी बढदा बिभिन्न राजनैतिक पुर्वाग्रह राखेर बिभिन्न बाधा अडचन खडा गर्ने परीपाटी बढदै गएको छ । 

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.