Nepal's No. 1 Digital Newspaper

स्पेनमा आकाशमा हेलिकप्टर र विमान जुधे, सातको मृत्यु

एजेन्सी । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनामा दुई बालबालिकासहित सातको मृत्यु भएको छ ।

दुरघटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो । क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ ।

Order Now: 98510-87891

ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुरघटनामा ती सबैको ज्यान गएको छ ।

स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए ।

हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए ।

मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन् । ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै ‘मल्लोर्का घटनाको समाचारलाई विशेष चासोका साथ पछ्याइरहेको’ लेखेका छन् ।

Source:ratopati news


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.