Nepal's No. 1 Digital Newspaper

कास्मिर समस्या समाधानमा भूमिका खेल्न नेपाललाई पाकिस्तानको आग्रह

काठमाडौँ– पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ ।  पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका हुन् । 

टेलिफोन सम्पर्कपछि ‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, । 
पाकिस्तानी विदेशमन्त्री शाह र परराष्ट्रमन्त्री ज्ञवालीबीच बिहीबार राति फोनवार्ता भएको हो । यद्यपि नेपाल पक्षले अहिलेसम्म केही खुलाएको छैन । हाल भारतले कस्मिरमा हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै पूरै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

Order Now: 98510-87891

गत ५ अगस्टमा भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्जा खारेज गरेको थियो । तर, दूर्भाग्य सार्क वडापत्रका अनुसार नेपालले दुई पक्षीय मामिलामा औपचारिक ढंगले कुनै भुमिका निर्वाह गर्न सक्दैन । 
नेपालले गर्न सक्ने भनेको असल छिमेकीको नाताले आफ्ना दुवै छिमेकी मुलुकलाई समस्याको न्यायोचित र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्न मात्रै सक्छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.