Nepal's No. 1 Digital Newspaper

संघीयता कार्यान्वयनमा गम्भीरता देखाउन सांसदहरुको ध्यानाकर्षण

काठमाडौँ–राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको विहिबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले विधेयक संविधानको मुल मर्म विपरित भएको भन्दै संविधान अनुसार संघीयताको सफल कार्यान्वयनका लागि गम्भीर हुन सरकारको ध्यानाकाषर््ण गराएका हुन् । 

उनीहरुले सैद्धान्तिक दृष्टिले संघीयता विपरित विधेयक आएको भन्दै प्रश्न उठाए । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले आन्तरिक सुरक्षाको नाममा प्रदेशसभा प्रहरीले हेदै आएका कसुरलाई सूचना प्रकाशित गर्दे संघीय प्रहरीले खोस्दै जाने प्रवृति बढ्न सक्ने भन्दै त्यस तर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

Order Now: 98510-87891

नेपाल प्रहरीले प्रदेश प्रहरी प्रमुखलाई आदेश वा निर्देशन दिन सक्ने भनेर राख्दा के कस्तो तहकाले निर्देशन दिने भन्ने उल्लेख नभएकाले स्पष्ट पार्नुपर्ने धारणा राखे । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संघीयता कार्यान्वयन गर्ने गम्भीरता नेपाल सरकार संग नभएको आरोप लगाए । 

संविधानको मर्म विपरित संघीय प्रहरीको शाखाको रुपमा प्रदेश प्रहरीलाई स्थापित गर्न खोजिएको भन्दै संविधानको सही कार्यान्वयनमा गम्भीर हुन सरकार र गृहमन्त्रीको ध्यानाकर्षण गराए ।  उनले भने, ‘मुर्तिचोरहरुले सत्ता पल्टाउन खोजे भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ । दुई दिन अगाडि बालुवाटारमा मिटिङ गर्ने क्रममा विप्लवहरु र राजावादीहरुले व्यवस्था परिर्वतन गर्न खोज्दैछन् भनेर ध्यानाकर्षण गराउनुभयो । यसले के देखाउँछ भने देशको राजनीतिक परिस्थिति गम्भीर छ । यो संघीयता र गणतन्त्र जस्ता नया चिजहरु उल्टाउने दुश्प्रयत्नहरु कहीँ न कहीबाट भइरहेको छ । यस्तो बेलामा नेपाल सरकारले गणतन्त्रको कार्यान्वयनप्रतिको त्यो डिग्रीको गम्भीरता हुने कि नहुने ? छैन गम्भीरता ।’

कर्मचारीतन्त्र र सरकार भित्रैबाट पनि संघीयतालाई खतरा रहेको भन्दै उनले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।  राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संघीयता कार्यान्वयनको विषय पुरानो साईकल चलाई राखेकालाई नयाँ साईकलको बानी नपरे जस्तै भएको टिप्पणी गरे । 

प्रदेश प्रहरीलाई अनुसन्धान गर्न सक्दैन भन्ने अनुमान गर्नु संघीयताको मर्म विपरित भएको भन्दै उनले सबैतर्फ योग्यतामा समरुपता कायम गरेर प्रदेश प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने धारणा राखे । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री रामबहादुर थापाले  संविधानमा व्यवस्था भएअनुसार नै विधेयकमा प्रदेशलाई दिने अधिकार परिमार्जित ढंगले दिने काम गरिएको र प्रदेशको अधिकारलाई अतिक्रमण गर्ने प्रयास नगरिएको स्पष्ट पारे ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकार अतिक्रमण भएको भए परिमार्जनका लागि भूमिका खेल्न पनि आग्रह गरे । प्रमुख जिल्ला अधिकारीलाई दोहोरो भूमिका दिइएको र निश्चित अवस्थामा संघीय नेपाल प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन र नेतृत्व केन्द्रले लिने स्पष्ट पारे । उनले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी केन्द्र र प्रदेश दुवैको भएको भएपनि संघीय प्रहरीले दोहोरो भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे । 

छलफलपछि बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक  शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.