Nepal's No. 1 Digital Newspaper

सरकारले अकस्मात १६ सचिवहरुको सरुवा गरयो

सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ति सचिवहरुको सरुवा गरेको हो । हालै विभिन्न मन्त्रीहरुले सचिवहरुसँग वर्षभरी गर्ने कामका लागि करार सम्झौता गरेपनि उनीहरुको सरुवा गरिएको हो । 

भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्य गौतमलाई  भूमिसुधार मन्त्रालय सरुवा गरिएको छ । 

Order Now: 98510-87891

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयबाट सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा र विक्त आयोेगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयहमा सरुवा गरिएको छ । 

राष्ट्रिय सर्तकता केन्द्रका सचिव माधव बेलवासेलाई खानेपानी मन्त्रालयमा ल्याइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ । 

यता  ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयबाट सचिव खगराज बराललाई स्वास्थ्य मन्त्रालय तानिएको छ । 

श्रम मन्त्रालयका सचिव महेश दाहाललाई शिक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव  विनोद केसीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव डा.हरि पौडेलाई  राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । 

यता लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तानिएको छ । प्रदेश ३ को प्रमुख सचिव रहेका आनन्द ढकाललाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ भने प्रदेश ५ को प्रमुख सचिवका रुपमा रहेका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 
Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.