Nepal's No. 1 Digital Newspaper

लोकन्थलीमा ४० मिटर सडक भासियो : स्थानीयका ५ घर जोखिममा

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थलीमा गत राती गएको पहिरोका कारण पाँच घर जोखिममा परेका छन् ।

सडक भासिएकार पहिरो जाँदा जोखिममा परेका पाँच घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ ।

Order Now: 98510-87891

सो स्थानमा व्यवसय गरेका एक व्यापारी प्रकाश भण्डारीको पसलको सामान गए रातीनै भक्तपुर स्थित वीरदल गणबाट खटिएका सैनिक र नेपाल प्रहरीले सहयोगमा सुरक्षित  स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातारको पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेका स्थानीयको भनाइ रहेको छ ।

वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गतसाल देखि नै उक्तस्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काके बताए ।

Source:ratopati news


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.