Nepal's No. 1 Digital Newspaper

आज पनि बिहानदेखीनै रबि लामिछानेको समर्थनमा सडकमा प्रदर्शन

काठमाडौँ– चितवनमा आज पनि बिहानदेखीनै रबि लामिछानेको समर्थनमा सडकमा उत्रिएका छन् ।
घाम, पानी र गर्मीको प्रबाहनगरी रबि लामिछानेको समर्थनकारीहरु आज पनि रबिकै पक्ष्यमा नाराबाजी गरिरहेका छन् ।

चितवनमा पछिल्लो समय भएको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउनेसहितका तीनवटा महत्वपूर्ण निर्णय गरेको हो ।
न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्याउँन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनैपनि किसिमको खलल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्ने समाचारमा सत्यता नभएको दावी समेत गरे ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछाने लगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताए । ‘त्यस्तो केही घोषणा गरिएको छैन । शान्ति सुरक्षा कायम गर्न प्रहरी तैनाथ छ’ एसपी मल्लले भने ‘अहिले चितवन शान्त छ ।’

Order Now: 98510-87891

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ भने लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.