Nepal's No. 1 Digital Newspaper

दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती

धनुषामा  मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ ।

आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि  भएको थियो ।

Order Now: 98510-87891

आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए ।

उनका अनुसार साँझ ७ बजेतिर आगलागी भएको थियो ।

आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।#आगलागी

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.