Nepal's No. 1 Digital Newspaper

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै, प्रहरी कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । पत्रकार शाकिराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कँडेललाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ । 

Order Now: 98510-87891

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् । 

यता पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी ओखलढुङ्गाकी अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । 

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् । 

Source:ratopati news

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.