Nepal's No. 1 Digital Newspaper

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन: एक देश, एक निर्वाचनको प्रस्ताव

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने बताएका छन् । भारतको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिए । 

लालकिल्लाबाट छैटौं पटक सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले भने, ‘जिएसटीले एक देश, एक करको सपनालाई साकार पारेको छ । ऊर्जा क्षेत्रमा पनि एक देश, एक ग्रीड प्रणाली कार्यान्वयनमा आइसकेको छ । अब एक देश, एक मोबिलिटी कार्डको प्रबन्ध हुँदैछ, र चाँडै हामी एक देश, एक निर्वाचनमा जानुको विकल्प छैन ।’

Order Now: 98510-87891

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न केही जरुरी कामहरु गर्नुको विकल्प छैन भन्दै प्रधानमन्त्री मोदीले काश्मिरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा भएको बताए । उनले जम्मु काश्मिरलाई संविधानको धारा ३७० बाट हटाउने सरदार पटेल र अरु प्रमुख भारतीय नेताहरुहरुको चाहना आज पूरा भएको चर्चा गरे ।

उनले भने, ‘एक देश, एक संविधान – यो यथार्थमा हासिल भएको छ र भारत यसप्रति गर्व गर्दछ ।’

मुलुकको हित पहिलो हो भन्दै प्रधानमन्त्री मोदीले भने, ‘हामी भिन्नभिन्न किसिमबाट सोच्न सक्दछौं तर हाम्रा लागि भारत पहिलो हो । मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन । राजनीति आउँछ जान्छ तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरु सर्वोपरी हुन् ।’

एक देश, एक चुनावको अर्थ भारतीय लोकसभा र राज्य सभाहरुमा एकै किसिमको चुनावी व्यवस्था हो । 

एएफपीका अनुसार ‘हामी समस्या निम्त्याउने वा त्यसलाई लम्ब्याउने पक्षमा थिएनौं र त्यसमा हाम्रो विश्वास पनि थिएन । नयाँ सरकार बनेको ७० दिन पनि नबित्दै धारा ३७० इतिहास बन्यो । संसदको दुई तिहाई बहुमतले पारित पनि गरिसकेको छ,’ प्रधानमन्त्री मोदीले भने ।

उनले जम्मु काश्मिर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढेको चर्चा गर्दै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदायको अधिकार कटौती भएको दाबी गरे ।

प्रधानमन्त्री मोदीले झण्डै ९२ मिनेट सम्बोधन गरेको यस कार्यक्रममा स्कुले बालबालिका समेत विभिन्न प्रदेशका झाँकीहरु प्रस्तुत गरिएका थिए । –एएनआई
Source:ratopati news


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.