Nepal's No. 1 Digital Newspaper

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई बोलाएर भिषा दियो

काठमाडौँ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ ।

अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई मेन्सद गर्दै आफूलाई अमेरिकाले भिषा नदिएको आश्चर्य मान्दै मेन्सन गरेर ट्वीट गरेका थिए । 

Order Now: 98510-87891

क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो । रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो । 

दूतावासले भिषा दिएपछि लामिछानेले धन्यवाद समेत दिएका छन् । 

सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।

क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।

सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताएका थिए । 

Source:ratopati news


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” news.digital[email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.