Nepal's No. 1 Digital Newspaper

बर्षाले बिग्रेका सडक र पुलको मर्मत तत्काल थाल्न निर्देशन

काठमाडौँ– संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसदको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको हो । 

वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । 

Order Now: 98510-87891

त्यसैगरी बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्यौलता अन्त्य गरेर यथाशिघ्र ती सडकहरुको पनि निर्माण कार्यलाई तीव्रता दिन पनि सरकारलाई सचेत गराएको छ । सभापति खड्काले दसैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षात्ले क्षति पु¥याएका सडक तथा पुलहरु पूर्ण रुपमा संचालनमा ल्याई नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको बताइन् ।

समितिले विनाअध्ययन जभाभावी सडक निर्माण कार्य सुरु गरेको पाइएको उल्लेख गर्दै राज्यको स्रोत, साधनको दुरुपयोग हुन नदिन र वातावरण विनाश हुन नदिन पनि त्यस्ता गतिविधि तत्काल रोक्न पनि सरकारलाई निर्देश गरेको छ ।

बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण वर्षाले क्षति पु¥याएका सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य, प्रभु साहले तीनवटै तहको हानाथापका कारण क्षतिग्रस्त पुल तथा सडकको जीर्णोदार तथा पुनर्निर्माण कार्य अघि बढन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिए ।  उनले प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिने विश्वास पनि समितिलाई दिलाए । 
बैठकमा मन्त्री महासेठले सडक डिभिजन अन्तरगत वर्षात्का कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, सम्हार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने जानकारी पनि समितिलाई गराए । 
गत असार २६ गतेबाट लगातार ३ दिनसम्म आएको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मुलुकमा मानवीय क्षति समेत हुन पुगेको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.