Nepal's No. 1 Digital Newspaper

करमा प्रचण्डको टिप्पणीः एउटा रोपेका थियौं, अर्कै उम्रिन खोज्दैछ

२५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गाउँगाउँमा सिंहदरबार भनिएपनि कतिपय ठाउँमा उल्टो भएको तथा जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको उनले बताए । चौथो समुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन ।’

Order Now: 98510-87891

तीन तहको सरकारले एउटै विषय कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उनले भने, आफैंलाई विडम्बना लाग्छ । रोपेको एउटा थियो, अर्कै उमि्रन खोजेको छ ।’

उनले अघि भने, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन । घरदलौमा दिने भनेकेा हो । तर कयौं ठाउँमा उल्टो भएको छ ।’

सबै सरकारले विधेयकहरु बनाउन क्रममा एकआपसमा बाझिनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.