Nepal's No. 1 Digital Newspaper

प्रचण्ड फेरि असन्तुष्ट !

काठमाडौं– पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य वामदेव गौतमबीच दुरी बढेको छ । केही दिनअघि एक दैनिक पत्रिकामा नेता गौतमको लेख प्रकाशित भएपछि प्रचण्ड गौतमसँग असन्तुष्ट छन् ।  नेता गौतमले पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई अवको मार्गदर्शक सिद्धान्त बनाइएन भने कम्युनिष्ट आन्दोलन सफल नहुने कुरा लेखमा उल्लेख गरेपछि उनी र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिएको छ । यसअघि नेकपामा जबजको विषयमा सचिवालय सदस्य ईश्वर पोख्रेलले मात्रै वकालत गर्दै आएका थिए । 

त्यहि विषयलाई लिएर पूर्व माओवादी समूहका नेताहरु सहमति विपरित नेता पोख्रेललको भनाई आएको भन्दै असन्तुष्ट बनेका छन् । तर, ठिक त्यहि समय नेता गौतमले जबजकै पक्षमा लेख प्रकाशित गरेसँगै अध्यक्ष प्रचण्ड नेता गौतमसँग असन्तुष्ट बनेको उनी निकट एक नेताले रातोपाटीलाई बताए ।

Order Now: 98510-87891

ती नेताका अनुसार नेता गौतमले पनि पार्टी सहमति विपरित वैचारिक विषयमा लेख लेखेको भन्दै नेता गौतमप्रति असन्तुष्ट बनेका छन् । जसले गर्दा अध्यक्ष प्रचण्ड र नेता गौतमबीचको सम्बन्ध चिसिएको चर्चा नेकपामा चल्न थालेको छ । 

प्रचण्ड निकट ती नेताका अनुसार लेख प्रकाशित भएपछि खुमलटार निवासमा प्रचण्ड र गौतमबीच भेट भएको थियो । भेटमा प्रचण्डले नेता गौतमलाई पार्टीको सहमतिविपरित त्यस्तो लेख किन आयो ? भनेर प्रश्न गरेका थिए । जवाफमा नेता गौतमले ‘तपाईले लेख पुरै पढ्नु भयो कि सुनेको भरमा बुझ्नु भयो ?’ भनेर उल्टै प्रश्न गरेका थिए । भेटमा नेता गौतमले प्रचण्डलाई पुरै लेख पढ्न सुझाएका थिए । 

पूर्व माओवादीका केही नेताहरुले पनि उक्त लेखबाट मात्रै नेता गौतमप्रति शंका नगर्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए ।  उता नेता गौतमले आफु निकट नेताहरुसँग उक्त लेखले जबजको वकालत गरेको नभै विगतको समिक्षा गरेको बताएका छन् । उनी निकट स्रोतका अनुसार प्रचण्डले गलत बुझेको ठम्याई उनको छ । नेता गौतमले पार्टीको पूर्व सहमति अनुसारनै वैचारिक बहसको सुरुवात गरेको आफु निकट नेताहरुलाई बताएका छन् । 

पार्टी एकताका सुत्रधार मानिने नेता गौतम र प्रचण्डबीचको सम्बन्ध पार्टी एकतापछि झनै राम्रो रहेका चर्चा पूर्व एमाले समूहमा चल्ने गरेका थिए । उपनिर्वाचनको बिषयलाई लिएर नेता गौतम र अध्यक्ष ओलीबीचको सम्बन्ध चिसिएका बेला अध्यक्ष प्रचण्डसँग भने उनको सम्बन्ध राम्रो रहेको नेकपाकै नेताहरुले बताउँदै आएका थिए । गत पुषमा बसेको स्थायी कमिटी बैठकमा नेता गौतमले प्रधानमन्त्री ओलीले सरकारको जिम्मा र प्रचण्डले पार्टी जिम्मा लिनु पर्ने समेत बताएका थिए । 

तर, पछिल्ला केही दिनयता नेता गौतम र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध सुध्रिएको चर्चा नेकपाभित्रै हुन थालेको छ । प्रधानमन्त्री ओलीले संगठन विभागको जिम्मा नेता गौतमलाई दिन सहमति भएसँगै विग्रेको सम्बन्धमा सुधार आएको चर्चा हुन थालेको छ । प्रधानमन्त्री ओलीले पनि पार्टीका साना देखि ठुला निर्णय गर्नुअघि नेता गौतमसँग परामर्श गर्न थालेका छन् । यस्तै प्रधानमन्त्री ओलीले नेता गौतमलाई कास्कीबाट उपचुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।

यसअघि गौतम आफैंले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखेपनि ओलीले नै प्रस्ताव गरेपछि चिसिएको सम्बन्धमा सुधार आएको चर्चा हुन थालेको छ । रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका थिए । विगत लामो समयदेखि विग्रिएको अध्यक्ष ओलीसँगको सम्बन्ध सुध्रिनै लाग्दा अर्का अध्यक्ष प्रचण्ड भने नेता गौतमसँग असन्तुष्ट बनेका छन् । जसले अब नेकपाको समिकरणनै बदलिने चर्चा पनि चल्न थालेको छ । 

पछिल्ला केही घटनाक्रमले एउटा टर्निङ प्वइन्ट पुगेर नेकपाको शक्ति सन्तुलन र नेताहरूको भूमिका बदल्ने हैसियतमा नेता गौतम देखिन्छन् । त्यहि कारण उनी दुई अध्यक्षबीचको तानातानमा समेत परेका छन् । विगतमा ओलीबाट ठूलो धोका पाएको र आफूलाई किनारा लगाउन खोजेको बुझाइमा रहेका नेता गौतम अन्तिम समयमा ओली वा प्रचण्ड कसको कित्तामा जान्छन् त्यसको लागि भने केही समय कुर्नुपर्ने हुन्छ । 
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.