Nepal's No. 1 Digital Newspaper

वर्षमा ७ अर्ब ३३ करोड कमाइ गरेका अक्षयले भने, ‘मैले यो कमाउन रगत पसिना बगाएको छु’

अक्षय कुमार पछिल्लो समयमा दुनियाँका सय सर्वाधिक कमाउने सेलिब्रिटीको सूचीमा यस वर्ष भारतका एक्ला सेलिब्रिटी बने । सन् २०१९ को ‘हाइएस्ट पेड सेलिब्रिटी’ को सूचीमा अक्षय ३३ औं स्थानमा छन् । उनको कमाई ६.५ करोड डलर (७ अर्ब ३३ करोड रुपैयाँ) हो । अक्षयले यसबारे अन्तरवार्तामा खुलेर कुराकानी गरेकी छिन् ।

भारतीय संचार माध्यमसँगको अन्तरवार्तामा अक्षयले भने, ‘स्वभाविक रुपमा राम्रो लाग्छ । तर म यस्ता आर्टिकलको हेडलाइनमात्र हेर्छु । गम्भीर कुरा गर्ने हो भने पैसा मेरा लागि महत्वपूर्ण छ तर एउटा हदसम्म मात्र । मलाई थाहा छ यो मेरो मेहनतको कमाई हो । म एक–एक पैसाका लागि कडा मेहनत गर्छु । पैसा सजिलै आउँदैन । मैले यो कमाउनका लागि आफ्नो रगत–पसिना बगाएको छु । यो मेरो लागि निकै महत्वपूर्ण छ ।’

Order Now: 98510-87891

अक्षयको नयाँ फिल्म मिशन मंगला अगस्ट १५ तारिखमा रिलिज हुँदैछ । फिल्मको कहानी सन् २०१३ मा मंगल ग्रह पठाएको इसरोको मिशनमा आधारित छ । फिल्ममा अक्षय कुमारसँगै विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नू, नित्या मेनन, कीर्ति कुल्हाडी र शरमन जोशीको मुख्य भूमिका छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.