Nepal's No. 1 Digital Newspaper

मिस्टर वर्ल्ड प्रतियोगी अक्षयलाई मन्त्री भट्टराईले भने- देश चिनाएर आउनुस्

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’ मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् ।   आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपूर्ण प्लेटर्फम भएको बताए । उनले उक्त मन्चबाट भिजिट नेपाल सन् २०२० को सन्देश समेत प्रवाह गर्दै नेपालक भ्रमणको निम्तो समेत दिन अक्षयलाई आग्रह गरे ।

‘नेपालका सबै युवाहरुको प्रतिनिधित्व गरेर तपाई ‘मिस्टर वल्र्ड’ मा जाँदै हुनुहन्छ’ मन्त्री भट्टराइले भने ‘फर्केर आएपछि तपाइलाई अभिनन्दन समेत गरौला । महत्वपूर्ण कार्यक्रममा जाँदै हुन्छ । भिजिट नेपाल सन् २०२० का लागि सबैलाई निम्तो गर्नुहोला ।

Order Now: 98510-87891

रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए । भेटमा अक्षयले मन्त्री भट्टराइलाई आफुले नेपालबाट लैजान लागेको भोषभुषा, कलासंस्कृतिको साथमा तयारीको समेत जानकारी गराएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

विश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा शीर्ष उपाधि नेपाल भित्र्याउनु आफ्नो प्रमुख लक्ष्य हुने अक्षयले बताए ।
 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.