Nepal's No. 1 Digital Newspaper

बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी

एजेन्सी । प्रिसिजन टुर अन्तर्गत खेलिएको मैत्रीपूर्ण खेल अर्थात् ग्याम्पर ट्रफीको उपाधि स्पेनिस महारथी बार्सिलोनाले जितेको छ ।

घरेलु मैदानमा सोमबार बिहान भएको खेलमा बार्सिलोनाले इङ्लिस क्लब आर्सनललाई २–१ गोलले हरायो । ग्याम्पर ट्रफी प्रिसिजन सुरु हुनु अघि बार्सिलोनाले आयोजना गर्ने मैत्रीपूर्ण फुटबल प्रतियोगिता हो ।

Order Now: 98510-87891

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले लियोनल मेस्सी, एन्टोइन ग्रीजम्यान लगायत स्टार खेलाडीहरुलाई उतारे पनि दोस्रो हाफमा मात्र आफ्नो खेल देखाएको थियो ।

खेलमा सुरुवाती अग्रता पाहुना टोली आर्सनलले लियो । आर्सनलका लागि पिर्रे एमरिक अबुमियाङले ३६औं मिनेटमा गोल गरे ।

त्यसपछि बार्सिलोनाले ६९औं मिनेटमा आत्मघाती गोल सहयोगमा बराबरी गोल गरेको थियो । बल बचाउने क्रममा आर्सनलका एन्सले मैटल्यान्ड निल्सको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।

आत्मघाती गोलले खेलमा फर्किएको बार्सिलोनाको जितमा खेलको अन्तिम ९०औं मिनेटमा लुईस स्वारेजले निर्णायक गोल गरेका थिए ।

स्वारेज दोस्रो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । खेलमा सुरुवाती अग्रतासँगै उत्कृष्ट प्रदर्शन गरेपनि आर्सनल अन्ततः हार खेप्न बाध्य बन्यो । आत्मघाती गोलनै आर्सनलको हारमा मुख्य कारण बन्यो ।

तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.