Nepal's No. 1 Digital Newspaper

एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 

Order Now: 98510-87891

साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो । आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो । टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ ।
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.