Nepal's No. 1 Digital Newspaper

बायर्नलाई हराउँदै डर्टमन्डले जित्यो सुपर कप उपाधि

एजेन्सी । जर्मन सुपर कप फुटबलको उपाधि बोरुसिया डर्टमन्डले जितेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले लिग च्याम्पियन बार्यन म्युनिखलाई २–० गोलले हराउँदै उपाधिमा कब्जा जमाएको हो ।

डर्टमन्डले यो उपाधि जितेको छैटौँ पटक हो । लगातार तीन वर्ष यस उपाधि जितेको बायर्न यसपटक निरिह बन्यो ।

Order Now: 98510-87891

बायर्नले सर्वाधिक सात पटक यस उपाधि जितेको छ ।

डर्टमन्डको जितमा पाको अल्कासेरले ४८औं मिनेटमा पहिलो गोल गरे । ६९ औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए ।

त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र डर्टमन्ड सिजनको पहिलो उपाधि जित्न सफल भयो ।

जर्मन लिग विजेता र डिएफबी पोकलको विजेताबीच हरेक वर्ष सुपर कप खेलिन्छ ।

प्रिसिजन अघिको यो जर्मनको ठूलो प्रतियोगिता हो ।  

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.