Nepal's No. 1 Digital Newspaper

काठमाडौंमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु

काठमाडौं– काठमाडौंमा  मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– १६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर शुक्रबार बिहान २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका छन् । उनीहरु पाइपभित्र पसेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बेहोस अवस्थामा उद्दार गरेको थियो ।

Order Now: 98510-87891

 बेहोस उनीहरुलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.