Nepal's No. 1 Digital Newspaper

पेपे आर्सनलमा

एजेन्सी । आईभोरी कोस्टमा युवा विङ्गर निकोलस पेपेलाई इङ्लिस क्लब आर्सनलले अनुबन्ध गर्ने भएको छ ।

२४ वर्षीय पेपेलाई आर्सनलले किर्तिमानी ७२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको हो । आर्सनलले पेपेसँग पाँच वर्षको सम्झौता गर्दैछ ।

Order Now: 98510-87891

उनको मङ्गलबार स्वास्थ्य परिक्षण हुने र त्यसपछि इमिरेट्स स्टेडियममा सार्वजनिक गरिने बताइएको छ ।

पेपेले फ्रेन्च लिग वान लिलेमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलेमा गएका थिए । पेपेले इङ्लिस ठूलो क्लबसँग जोडिन पाउनु खुशीको क्षण भएको बताए ।

‘धेरै संघर्ष गरेर ठूलो क्लबसँग जोडिएको छु । मेरो लागि यो ठूलो सम्मान हो । आर्सनलमा राम्रो खेल्दै क्लबलाई ठूला सफलता दिलाउन मिहिनेत गर्नेछु,’ पेपेले भने ।

पेपेलाई आर्सनलमा १९ नम्बरको जर्सी दिने तयारी गरिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.