Nepal's No. 1 Digital Newspaper

सेनाको परेडमा मिसाइल र ड्रोनले हमला, ३२ को मृत्यु

यमनको एक मिलिट्री परेडको क्रममा भएको हमलामा कम्तिमा ३२ जनाको ज्यान गएको छ ।

हूती विद्रोहीले मिलिट्री परेडमा मिसाइल र ड्रोनले हमला गरेका थिए ।

Order Now: 98510-87891

हूती विद्रोहीले चलाउने एक टिभी च्यानलका अनुसार उक्त परेड यमनको दक्षिणी इलाकामा रहको तटीय शहर अदनमा भइरहेको थियो ।

 अदन शहर यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकारको शक्ति केन्द्र हो ।

 यसअघि अदन शहरमा नै एक पुलिस स्टेशनमा आत्मघाती बम बिस्फोट भएको थियो जसमा १० जना मारिएका थिए । यद्यपि, यी दुई घटना एक–आसमा सम्बन्धित छन् छैन भनेर स्पष्ट छैन ।

हूती विद्रोहीका अनुसार सरकार समर्थित सुरक्षाबल उनीहरुमाथि अर्को एउटा हमला गर्नका लागि परेड गरिरहेका थिए । यद्यपि, सरकारका अनुसार यो नयाँ बहाल गरिएका सैनिकका लागि ‘ग्रेजुएशन सेरोमनी’ थियो ।

मिलिट्री परेडमाथि हमलापछि त्यहाँको दृश्य विभत्स थियो । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार शवका टुक्रा जमिनमा छरिएका थिए र सैनिक रोइरहेका थिए ।

प्रत्यक्षदर्शीले भने, ‘बिस्फोट त्यो स्ट्यान्ड पछाडि भयो जहाँ आयोजना भइरहेको थियो । मैले सैनिकलाई एक शव नजिक रोइरहेको देखेँ । सायद त्यो उनको कमान्डरको शव थियो…’

अन्तरराष्ट्रिय मेडिकल एजेन्सी एमएसफका अनुसार यो हमलामा दर्जनौं मानिस नराम्रोसँग घाइते पनि भएका छन् ।

जुन सैन्य शिविरमा हमला भयो त्यो सरकार समर्थित सुरक्षाबलसँग जोडिएको छ र त्यसलाई ‘सुरक्षा बेल्ट’ को नामले चिनिन्छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.