Nepal's No. 1 Digital Newspaper

वर्दियामा नयाँ प्रहरी प्रमुख आएलगत्तै ८ जना फरार अभियुक्त पक्राउ

बुटवल– वर्दियामा एसपी राजेशनाथ बाँस्तोलाले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै बर्षौदेखि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी प्रधान कार्यालयबाट जेठ १ गते त्यस जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी बास्तोलाले आउन साथ फरार अभियुक्तको फाईल पल्टाउन सुरु गरे ।

फलतः प्रहरीकै आँखा अगाडी लुकेर बसेका ८ जना फरार अभियुक्तहरु पक्राउ परि कैद सजय भुक्तानीका लागि कारागार चलान भएका छन् । पछिल्लो चरण २०५८ साल कार्तिक ७ गतेका दिन जिल्लाको साविक सौरहवा गाविस वडा नम्वर ३ खैरेनीका रतन भन्ने रत्कली बिकको हत्या अभियोगी बढैयाताल गाउँपालिका–४ का ५७ वर्षीय वलिराम खुना थारुलाई प्रहरीले घटनाको झण्डै १८ बर्ष पछि पक्राउ गरि अदालतमा बुझाएको छ ।

Order Now: 98510-87891

धारुले १७ बर्ष ७ महिना १५ दिन कैद सजायको फैसला अदालतले गरेको थियो ।  त्यस्तै जबरजस्ती करणी उद्योगमा २ बर्ष ६ महिना कैद सजायको फैसला भएका बढैयाताल ४ का ३६ख वर्षीय टेकबहादुर विक पनि पक्राउ परेका छन् ।

प्रहरीलाई झुटो जाहेरी दिने मधुवन नगरपालिका ७ का ३९ वर्षीय फगुना थारु, सोही स्थानका क्रमशः २७ वर्षीया लालरानी  चौथरी, ३८ वर्षीया मिठु सार्की, बर्ष ३८ का सुमन चौथरी र ३१ वर्षीय रामकिसन थारु पनि पक्राउ परेका छन् ।

त्यस्तै, सरकारी कागज किर्ते गर्ने ठाकुरबाबा नगरपालिका ५५ वर्षीय राजु भन्ने राजन ढुङ्गानासहित ८ जना पक्राउ परेका हुन् ।

कमेन्ट


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.