Nepal's No. 1 Digital Newspaper

बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको दाबी

अल काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् ।

यद्यपि, हम्जा बिन लादेनको मृत्यु कहाँ र कहिले भयो भन्ने कुरा नाम नखुलाइएको रिपोर्टमा कुनै जानकारी उपलब्ध छैन ।

Order Now: 98510-87891

गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई एक मिलियन डलर उपहारको घोषणा गरेको थियो ।

लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए ।

बुधबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे सोधिएको प्रश्नको जवाफ दिन मानेनन् । यसका साथै ह्वाईट हाउस नेशनल सेक्युरिटीका एड्भाइजर जोन बोल्टनले पनि यसबारे कुनै जवाफ दिएनन् ।

बिन लादेनलाई अमेरिकाका विशेष सैन्य दलले  सन् २०११ को मेमा पाकिस्तानमा हत्या गरेको थियो । हम्जाले बुवाको हत्याको बदला लिन जिहादीहरुलाई अनुरोध गरिरहेका थिए ।

उनले बिद्रोहका लागि अरेबियन पेनिन्सुलालाई पनि आह्वान गरेका थिए ।

विभिन्न रिपोर्टले उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा बस्दै आएको बताएको थियो ।

सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले बताएको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.