Nepal's No. 1 Digital Newspaper

विप्लवको बन्द : कतै आगजनी कतै बम, कहाँ–कहाँ के भयो ?

काठमाडौं– उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको साविकको बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछाप बन्दको घोषणा गरेको छ । 

बन्दको क्रममा विप्लव समूहले विभिन्न स्थानमा बम पड्काउनुका साथै कैयन स्थानमा तोडफोड र आगजनीसमेत गरेका छन् । 

Order Now: 98510-87891

विप्लव समूहले बन्दको पूर्व सन्ध्यादेखि बुधबार बिहान १० बजेसम्म गराएका घटनाहरुको फेहरिस्त यस्तो छ ।

मकवानपुर

साउन १४ गतेदेखि साउन १५ गते बिहानसम्म मकवानपुरको ४ स्थानमा बम फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साउन १४ गते राती पौने १२ बजे हेटौंडा उपमहानगरपालिका ४ स्थित क्वीक ट्वाण्टी पार्टी प्यालेस अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलाभित्र प्रेसर कुकर बम राखेको थियो । झोलाको बाहिरी भागमा तारसमेत निकालिएको अवस्थामा भेटिएको बम बुधबार बिहान १ बजेर ३५ मिनेट जाँदा नेपाली सेनाको मध्य पृतना सुपारेटार ब्यारेकको डिस्पोजल टोलीले डिस्पोज गराएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले हेटौडा उप महानगरपालिका ११ स्थित थाना भर्याङ शदा शिवम् पेट्रोल पम्प भन्दा २० मिटर उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकर बम राखेको पाइएको थियो । प्रेसर कुकरको बाहिरी भागमा टेप लगाई तार निकालेको अवस्थामा रहेको बमलाई नेपाली सेनाले साउन बिहान ४ बजेर १० मिनेट जाँदा डिस्पोज गरेको छ । 

त्यसैगरी हेटौंडा उप महानगरपालिका १ चौकीटोलस्थित खाद्य संस्थान अगाडि बाटोमा गएराती प्रेसर कुकर बम भेटिएको थियो । राती २ बजेर २० मिनेटमा भेटिएको उक्त प्रेसरकुकर बमलाई नेपाली सेनाको टोलीले बिहान ३ बजेर २५ मिनेटमा डिस्पोज गराएका थिए । उक्त बम अत्यन्तै शक्तिशाली रहेको पनि नेपाल प्रहरीले बताएको छ । घटनामा संलग्नताको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीका प्रमुख एसपी मुकेश कुमार सिंहले बताएका छन् । तर घटनामा संलग्नताको आशंकामा पक्राउ परेका व्यक्तिको आरोप पुष्टि हुने आधार नदेखिएको पनि एसपी सिंहले बताएका छन् । 

त्यसैगरी हेटौडा उपमहानगरपालिका ४ परिजात पथस्थित नारायणी नर्सिङ् कलेजको कम्पाउण्डको ५ मिटर पश्चिमतर्फको पेटीमा पनि प्रेसर कुकर बम फेला परेको छ । प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा भेटिएको थियो । शंकास्पद वस्तु फेला पारेलगत्तै प्रहरीले नेपाली सेनासँग समन्वय गरी बिहान ७ बजेर २५ मिनेट जाँदा उक्त बम डिस्फोज गराएको छ । प्रेसर कुकरभित्र एक थान डेटोनेटर र गिट्टी तथा बालुवा पनि भेटिएको थियो । 

नुवाकोट
विप्लव समूहको बन्दको पूर्व सन्ध्यामा गएराती पौने १२ बजे ककनी गाउँपालिका १ कागतीगाँउको वडा नम्बर १ को कार्यालयमा आगजनी भएको छ । ४–५ जनाको समूहमा आएका अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेको प्रहरीले जनाएको छ । 

आगजनीबाट उक्त भवनको २ वटा कोठामा रहेको कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटर जलेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

बन्दको प्रभाव

प्रतिबन्दित विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण आह्वान गरिएका सबै जिल्ला प्रभावित बनेका छन् । 

उपत्यका भित्रिने सवारी साधनहरु १ देखि १५ प्रतिशत मात्र चलेको छ भने उपत्यकाबाट बाहिरिने सवारीसाधन अन्य दिनको तुलनामा २० प्रतिशत मात्रै रहेको छ । रसुवा, गोर्खा र नुवाकोट जाने काउण्टर खुलेको छैन भने अन्य स्थानमा जाने बसको काउण्टर खुलेको छ । केही शैक्षिक संस्था खुलेपनि अधिकांश शैक्षिक संस्था बन्द रहेका छन् ।  बजार भने खुल्ला रहेको छ । 

प्रदेश नम्बर १ का सबै काउण्टर खुल्ला छन् । दैनिक सञ्चालनमा आउनेमध्ये ८५ प्रतिशत सवारीसाधन चलेको छ । तर, उदयपुरबाट पश्चिम जाने सवारी साधनहरु भने अझै चलेका छैनन् । 

यता प्रदेश नम्बर २ का सबै काउन्टरहरु खुल्ला भई करिब ८५ प्रतिशत सवारी साधन सञ्चालनमा आएको छ । तर महोत्तरीबाट वीरगंजको लागि जानुपर्ने सवारीसाधन भने चल्न सकेका छैनन् । उपत्यकासमेत पर्ने प्रदेश नम्बर ३ मा जम्मा १५ प्रतिशत मात्रै सवारीसाधन चलेका छन् । करिब ४० प्रतिशत मात्रै बजार र शैक्षिक संस्था खुलेका छन् ।
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.