Nepal's No. 1 Digital Newspaper

बाबुआमाको निधन नभइ सन्तानले सम्पत्तिमा हकदाबी गर्न नपाउने व्यवस्था गर्न माग

काठमाडौं–सांसदहरुले बाबुआमाको जीवन रहेसम्म सन्तानले उनीहरुको सम्पत्तिमाथि हक दावी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 
सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले जीवन रहेसम्म बाबुआमाको सम्पत्तिमाथि सन्तानले हक दावी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् । 

मंगलबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सन्तानले हकदावी गरेर बाबुआमाको सम्पत्ति लिने प्रचलित कानुनी व्यवस्था तत्काल हटाउनुपर्ने पनि स्पष्ट पारिन् ।

Order Now: 98510-87891

उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको १० प्रतिशत आफ्ना बुबाआमाको बैंक खातामा जम्मा गरिदिने प्रावधान सबैमा लागू नहुने भएकाले त्यसलाई पनि सो विधेयकबाट हटाउन सरकारलाई सचेत गराइन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले गरिव ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मा लिने गरी सरकारले सबै स्थानीय तहमा अनिवार्य रुपमा ‘वद्धवृद्धा सेवा केन्द्र’ स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिन् । 

 उनीहरुको पालन पोषणदेखि औषधि उपचारसहितको व्यवस्था हुने गरी सरकारले सो सेवा केन्द्र स्थापना हुने गरी कानुन  बनाउनुपर्ने उनको माग छ ।
नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले ज्येष्ठ नागरिकहरुको आवाज सुनुवाईका लागि सबै संस्थाहरुमा उनीहरुको अनिवार्य प्रतिनिधित्व हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 
उनले ज्येष्ठ नागरिकहरुको हित राज्यले चाहने हो भने उनीहरुको आवाजको सुनुवाई हुने गरी स्थानीय तहदेखि केन्द्रसम्म ज्येष्ठ नागरिकको प्रतिनिधित्वलाई अनिवार्य गराउनुपर्ने तर्क गरे । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.