Nepal's No. 1 Digital Newspaper

अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो

अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो ।
     

पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो खाल्डाखुल्डी बनाएको छ । राजमार्गमा सवारी चलाउन खाल्डाखुल्डी र छेउ कटानले समस्या बढेको चालक बताउँछन् ।

Order Now: 98510-87891

राजमार्ग मर्मतसम्भार गर्नेबेला गुणस्तरीय काम नगरिँदा र खाल्डाखुल्डी देखिनासाथै पुर्न नथालिँदा अहिले बग्रेल्ती खाल्डाखुल्डी बढेको बर्दिवासबाट सर्लाहीको लालबन्दीसम्म म्याजिक (सवारी साधन) चलाउने सोमन साशङ्करले बताए । 

जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले पनि खाल्डाखुल्डी बढेसँगै दुर्घटना जोखिम बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा भएका १२१ सडक दुर्घटनामध्ये ७० प्रतिशत पूर्वपश्चिम राजमार्गमै भएको प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । जारी साउनको दुई साता नहुँदै साना–ठूला गरी अहिलेसम्म १५ सवारी दुर्घटना सो राजमार्ग क्षेत्रमा भइसकेका छन् ।

राजमार्गको खाल्डाखुल्डी महोत्तरीमा मात्र नभएर धनुषाको ढल्केबरदेखि बाराको पथलैयासम्म नै रहेको जनकपुर–वीरगञ्ज रुटका बसचालक बताउँछन् । यद्यपि अहिले बाग्मती पारि (बाग्मती पश्चिम) रौतहटदेखि बारासम्म मर्मतसम्भारका काम थालिएका छन् । ढल्केबरदेखि बागमतीसम्म भने अझै काम नथालिँदा जोखिम मोलेरै सवारी चलाउनुपरेको बस यातायात व्यवसायी र चालकको भनाइ छ । यसैबीच सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अब वर्षा थामिएकाले राजमार्ग मर्मतसम्भारको काम थालिने जनाएको छ ।
 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.