Nepal's No. 1 Digital Newspaper

कपिल शर्मालाई सलमानको सुझाव, ‘पहिलाको जस्तो मूर्ख काम नगर’

द कपिल शर्मा शोका निर्माता सलमान खानले स्टार कमेडियन कपिल शर्मालाई पहिलेको जस्तै कुनै पनि विवादमा नपर्न सल्लाह दिएका छन् । स्मरण रहोस्, सुनिल ग्रोवरसँग भएको विवादपछि कपिल शर्माको करियर लगातार पतनतर्फ अघि बढिरहेको थियो । न त उनको शो हिट भइरहेको थियो न नै उनी पहिलाको जस्तो चर्चामा थिए । यस्तोमा सुपरस्टार सलमान खानले उनको हात थामेर उनलाई डुब्नबाट जोगाए ।

सलमान खानले द कपिल शर्मा शोका निर्माण आफ्नो हातमा लिए र शोको पहिलो एपिसोडमा सलमानको पूरा परिवार पुग्यो । सलमान खानले कपिल शर्मालाई मात्र हिट गराएनन् सुनिल ग्रोवरलाई पनि उनको फिल्म भारतमा काम गराएर थप चर्चित बनाए ।

Order Now: 98510-87891

आइबी टाइम्सको स्रोतलाई हवाला दिँदै भन्यो, ‘कार्यक्रमले निकै राम्रो गरिरहेको छ । यसले निकै राम्रो टिआरपी पाइरहेको छ । सलमान खानले कपिललाई अब पहिलाको जस्तो मूर्ख काम नगर्न स्पष्ट पारेका छन् ।’

रिपोर्टका अनुसार जब कपिल शर्मालाई के सुनिल ग्रोवर उनको शोमा पुनः फिर्ता होलान् त भनेर प्रश्न सोधियो तब जवाफ नकारात्मक थियो ।  


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.